स्विडेन – स्वीडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् । घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।

दक्षिणी सहर माल्मोमा भएको गोलीकाण्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।