काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परीक्षणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टिजेन परीक्षणका क्रममा ३ सय ७७ जनामा गरी ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण आज कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ८७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।