काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँ कायम भएको छ । त्यस्तैगरी चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।