काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा ५ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४ सय २१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार २ सय ६५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ४३ जना सङ्क्रमित थपिएका छन् । आज काठमाडौंमा १ सय ७ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ३० जना सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ३ हजार ४ सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।