काठमाडौं – साताको छैटौं दिन आज बिहीबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अङ्कले घट्न पुगेको नेप्से परिसूचक आज २७ दशमलव ७२ अङ्कले घटेर २०६८ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ । आज नेप्सेमा ५१ लाख १ हजार २९० कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ५ करोडमाथिको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर किनबेच भएको छ । कम्पनीको आज एकैदिन १० करोड माथिको कारोबार भएको छ ।