फाइल तस्वीर

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ रुपैयाँले घटेर रु १ हजार १ सय ९५ रुपैयाँ तोकिएको छ ।