काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८ सय ५२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय २८ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ४ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।