काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ८७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण हिजो मङ्गलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ७९ जना, लेन अनुशासन पालना नगर्ने १ सय २८ जना, रेड लाइटमा सवारी साधन चलाउने १ सय १६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ४६ जना र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५ सय ९५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।