काठमाडौं – साताको चौथो दिन आज बुधबार सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । हिजो मङ्गलबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।

यसैगरी तेजाबी सुन प्रतितोला ९५ हजार सात सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।