एजेन्सी – नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले जित हात पारेको छ । नेदरल्याण्डको रोटरड्याममा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई १६ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रनमा समेटियो । उसका लागि कप्तान स्कट एडवार्डले अविजित ७१ , बिक्रमजित र कुपरले समान ६५/६५ रन बनाए । लोगन भान बिकले २८ रन बनाए । बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए । पाकिस्तानका लागि हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पाक्तिानले ५० ओभर खेल्दै ३ सय १४ रन बनाएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १–० को अग्रता बनाएको छ ।
.