काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्रख्या मन्त्रालयका अनुसार पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा ८ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना पुगेको छ ।

सोही अवधिमा ५ सय २६ जना कोरोना भाइरसो सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार २ सय ५९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।