काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खुलाललाई उहाँकै कार्यकक्षबाट आज ५ हजार घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रवक्ता भण्डारीका अनुसार खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्ने सूचना एवं उजुरी निवेदनका अख्तियारमा परेको थियो । सोही सूचनाका आधारमा आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उहाँलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
यस बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।