काठमाडौं – फोहोर बोकेर गएको गाडीलाई अवरोध गर्न खोजेपछि तनावग्रस्त अवस्था उत्पन्न भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गर्न खोजेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।

प्रहरीले फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गर्न खोजेपछि एक्शन लिएको हो ।

स्थानीयका अनुसार प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेर केहि अगाडी बढेपछि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुङ्गा–मुढा र गुलेली हानेपछि झडपको अवस्था आएको हो ।