काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ ।
गीतलाई बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो। पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र सङ्गीत गरेका हुन् ।
गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन् । भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन, राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ ,मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा,मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय समेटिएको छ ।