कश्मीर –भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ । दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए । दुर्घटनामा ६ जना प्रहरीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ । बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए । बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए ।

जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए । बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ । घटनास्थलमा १९ वटा एम्बुलेन्स तैनाथ छन् र उद्धार कार्य जारी रहेको छ ।