फाइल तस्वीर

काठमाडौं – साताको तेस्रो दिन आज मङलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मङ्गलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएकोे छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार २ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।