फाइल तस्वीर

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ । सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो ।

सिटिइभिटीले जारी गरेको सूचनाअनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार दुई सय ४० सिट छुट्याइएको छ । जसमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन् ।

पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ । तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शुल्क पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३० प्रतिशत गरेर तिर्न सकिने सिटिइभिटीले जनाएको छ ।