प्रतिकात्मक तस्वीर

फिदिम – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका–११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् ।

प्रहरीले सो घटनाको विषयमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।