प्रतीकात्मक तस्वीर

धादिङ – धादिङको गल्छी गाउँपालिका–६, चिरौदी पुलमा ट्रेलर (ट्रक)को ठक्करबाट जीपका चालक र परिचालक दुबै जनाको मृत्यु भएको छ । जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङ गाउँपालिकाका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रेलरका चालक र परिचालकको गल्छीस्थित अम्बे भरोसा अस्पतालमा उपचार भइरहेको छ । गए राति चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रेलरले सोही दिशाबाटै आइरहेको बागमती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।