काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ५५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय २७ जना र २ हजार ५ सय ८२ जनामा एन्टिजेन परीक्षण गर्दा ४ सय ६१ जना गरी ५ हजार ७ सय ३७ जनाको नमुना परीक्षण गर्दा ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । सोही अवधिमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५ हजार ३ सय ८७ जना रहेको मन्त्रालयले जनाएको छ ।