काठमाडौं – अभियान लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो ।

९१ हजार जनालाई यो कम्पनीको आईपीओ परेको छ । लघुवित्तले माग गरेको आईपीओमा १९ लाख ७८ हजार ५ सय ९४ जनाको आवेदन स्वीकृत भएको थियो ।

जसमा ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी १८ लाख ८७ हजार २ सय १९ जना आवेदकको हात रित्तो रहेको छ ।