काठमाडौं – नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।