काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय २९ जनामा गरिएको नमुना परीक्षणमा ४ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

दुई हजार ३ सय ८ जनाको पीसीआर परीक्षणमा ३ सय ५ जना र २ हजार ५ सय २१ जनाको एन्टिजेन परीक्षणमा १ सय ५० जनामा गरी ४ सय ५५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय २ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फसर्कएका छन् भने सोही अवधिमा सङ्क्रमणका कारण दुई जनाको निधन भएको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।