काठमाडौं – साताको पहिलो दिन आज आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । सबै सूचकहरु ओर्लिएका छन् । नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले घटेर २०१० अङ्कमा कायम भएको छ । कुल १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भयो ।

बैंकिङ ८, विकास बैंक ४७, फाइनान्स ४५, होटल तथा पर्यटन २१, जलविद्युत् ४६, जीवन बीमा २३३, उत्पादन १९०, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ५३, अन्य १६ र ब्यापार उपसमूह ४७ अङ्क घटेको छ । कुल १८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ३ को स्थिर रह्यो ।

अपर हेवाखोलाको मूल्य ८ प्रतिशत बढ्यो । कालिका पावर, सामलिङ पावर र जल्पा लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । गुराँस लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । हिमालयन डिस्टिलरीको ६, इमर्जिङको ५.८ र नेपाल लाइफको मूल्य ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, शिवम् सिमेन्ट, स्वाबलम्वन लघुवित्त र नबिल बैंक क्रमश: अगाडि रहेका छन् ।