क्यानवेरा – अष्ट्रेलियाको राजधानी क्यानवेरास्थित विमानस्थलमा गोली चलेको छ । गोलाबारीको यस घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीले विमानस्थलमा तीनवटा गोली चलेको आवाज सुनेको बताएका छन् । प्रहरीले गोली चलाएको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।


हालसम्म कोही पनि घाइते भएको कुनै पनि सुचना प्राप्त छैन । केन्द्रीय प्रहरीले विमानस्थलको अनुसन्धान गरिरहेको छ । यसबारे विस्तृत जानकारी प्राप्त हुनै बाँकी छ ।

यो गोलीबारी टर्मिनल ‘के’ को चेक–इन पोइन्टमा भएको हो । गोली चल्दा भएको क्षतिबारे अहिलेसम्म कुनै सूचना प्राप्त नभएको बीबीसीले जनाएको छ ।