फाइल तस्वीर

काठमाडौं – मधेश प्रदेश सरकारले सङ्घ सरकारविरुद्ध आजदेखि आन्दोलन सुरु गर्ने भएको छ । प्रहरी समायोजनका लागि ७ दिनको अल्टिमेटम दिएको प्रदेश सरकारले माग पुरा नभएको भन्दै आजदेखि धर्ना दिन थाल्ने भएको हो ।

प्रदेशका गृहमन्त्री भरतप्रसाद साहले आगामी एक हप्तासम्म हरेक दिन २ घण्टा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने बताउनुभएको छ । मधेश प्रदेश सरकारले तत्काल प्रहरी समायोजन नभए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रभावित हुने चेतावनीे समेत दिएको छ ।