काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १ हजार ३ सय ९९ पीसीआर परीक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टीजेन परीक्षणका क्रममा १ सय १ जनामा गरी कूल २ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण कारण ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाम थप ५ सय १ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हाल नेपालमा ५ हजार ४ सय ३४ जना सक्रिय सङ्क्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।