काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा गरी थप ७ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ११ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।