काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर रु ९७ हजार तीन सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।