काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३४ वटा नमुना परीक्षण गर्दा ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८२ जना पुगेको छ ।

सोही अवधिमा ४ सय ७६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८ सय ६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।