काठमाडौं – नारीहरुको महानचाड तीज नजिकिंदै गर्दा नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सय रुपैयाँले घटेर रु ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैैैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँच रुपैयाँले घटेर रु १ हजार दुई सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।