साङ्केतिक तस्वीर

चितवन– भरतपुर महानगरपालिका –२९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।