एजेन्सी – आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे ।

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल र्पुयाएका छन्।् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्।् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।् ।