पत्रपत्रिकाबाट

काठमाडौं – साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना सङ्क्रमणदर तीन गुणाले बढेको छ । बुधबार सङ्क्रमणदर १३ प्रतिशत पुगेको छ । मंगलबार १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्।् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय सङ्क्रमितको संख्या धेरैले बढेको छ । संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन्।् । बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए । सङ्क्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन्। । (अन्नपूर्ण पोस्ट दैनिकबाट)