जनकपुरधाम – प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो ।

मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ल्याव टेक्निसियन १ सय ३६ जना र प्रशासनतर्फ १ सय ३६ जना गरी २ सय ७२ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने गरी सूचना सार्वजनिक गरेको छ ।