काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६१४ पीसीआर तथा ३ हजार ९१ एन्टिजेन परीक्षण गर्दा ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७७ जना पुगेको छ ।

सोही अवधिमा ४ सय १४ जना कोरोना भाइरसको सङक्रमणबाट मुक्त भएर घर फर्किएका छन्।् । हाल देशभर ५ हजार ८ सय ८५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।