जनकपुरधाम – प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले आज बुधबार सेवाहरु स्थगन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।

धनुषा प्रशासन कार्यालयमा भाइरल ज्वरोका कारण ८र९ जना कर्मचारी सङ्क्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विज्ञप्ति निकालेको छ ।