काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए।

आजै नै पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष लामाले बताए। पाण्डे नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ का छायाँकार हुन्। उनले कागबेनीका साथै पण्डित बाजेको लौरी, भुईमान्छे मेरो वेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरूको पनि छायाङ्कन गरिसकेका छन्। पाण्डेले टेलिभिजन तथा विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन्।


उनी लामो समयदेखि छायाङ्कनको क्षेत्रमा सक्रिय थिए । उनले कागबेनीलगायतका केही फिल्ममा छायांकन गरेका थिए । त्यस्तै दर्जनौँ म्युजिक भिडियो, विज्ञापन फिल्म, डकुमेन्ट्री फिल्म छायाङ्कन गरेका छन् ।