फाइल तस्वीर

सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोरोना सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो । मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट सङ्क्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ ।