काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । हिजो १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।