फाइल तस्वीर

इजरायल– हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । जोर्डनको नेगेभबाट हुनलागेको हतियार तस्करी हिजो विफल पारिएको इजरायली सेनाले जनाएको हो । आतङ्ककारीहरुले नागरिकहरुलाई आतङ्कित बनाइ मार्ने प्रयोजनाका लागि ति हतियार प्रयोग हुने आशङ्का इजरायली सेनाले गरेको छ ।

आठवटा बन्दुकसहित पाँचजनालाई पक्राउ गरिएको जनाउँदै इजरायली सेनाले बताएको छ । आतङ्ककारीहरूले नागरिकको हत्या गर्ने प्रयोजनको लागि ति हतियारहरु तस्करी भएको हुनसक्ने भन्दै उक्त हतियारसहित पक्राउ गरिएका अभियुक्तहरूलाई प्रहरीको जिम्मा लगाइएको सेनाद्वारा विज्ञप्तिमा उल्लेख गरिएका छ ।

छ महिनामा हतियार तस्करीका १० वटा घटनामा एकसय ७० भन्दा बढी हतियार इजरायलले कब्जामा लिएको नेगेभ सीमा प्रहरीले जनाएको छ । नेगेभबाट हतियार तस्करी हुने गरेको सेनाको भनाइ छ ।

गाजा क्षेत्रमा गत शनिबार र आइतबार गरी दुई दिन प्यालेस्टाइन अतिवादी आतङ्ककारीहरूले घातक आक्रमण गर्न थालेपछि इजरायल सेनाले सीमापार हतियार तस्करी रोक्न गुप्तरूपमा धेरै सुरक्षाकर्मी परिचालन गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी