काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रति दिन बढ्दो गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ हजार ९ सय जनाको नमुना परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७४ जना पुगेको छ ।

सोही अवधिमा ४ सय ३८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८ सय ६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।