तस्वीर: एएफपी

प्यालेस्टाइन – इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण लडाईँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुन: पछिल्लो हिंसा भएको हो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ । आतङ्कवादी लडाकु इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग प्यालेस्टाइनीहरुको झडप भएको थियो । मार्चको अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनीहरू मारिएका छन् । अधिकांश मारिएकाहरु प्राय: वेस्ट बैंकका नै बासिन्दा भएको समाचार माध्यमहरुले जनाएका छन् । एजेन्सी