काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार परिसूचक नेप्से ४५ दशमलव ४२ अङ्कले घटेर २०६० दशमलव ७३ अङ्कमा पुगेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ९दशमलव ६८ अङ्कले घटेर ३९६ दशमलव ४२ विन्दुमा पुुगेका छन् ।

आज मङ्गलबार १३ वटै उपसमूहका सूचक घटेर राताम्मे बन्दा अन्य उपसमूहको सूचक सर्वाधिक ४ दशमलव ८४ प्रतिशतले घटेको छ । यस दिन कारोबार सुरु भएबाटै घटेको बजारले २०६० को अङ्कमा आएर बन्द भएको हो । राताम्मे बजारमा २ सय २२ कम्पनीको ६६ लाख ४६ हजार कित्ता शेयर २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँभन्दा बढीमा कारोबार भयो । आज कारोबारमा आएका कम्पनीमध्ये जम्मा नोवटाका लगानीकर्ताले कमाउँदा १७१ कम्पनीका लगानीकर्ताले गुमाए ।

यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९दशमलव ९७ प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव २७ प्रतिशतले गिरावट आयो । त्यस्तै, गुुराँस लघुवित्त, युनिलिभर, गुुडविल फाइनान्सलगायत कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा माथिले बढेको छ । कारोबारमा भने सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट अगाडि छ । यस कम्पनीको १५ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।