फाइल तस्वीर


पाँचथर– पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकका समस्यामा ध्यान नदिएको आरोप लगाउनुभएको छ । एमाले नतो नेम्वाङले मङ्गलबार पाँचथरको फिदिममा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्नेक्रममा यस्तो आरोप लगाउनुभएको हो ।

एमाले संसदीय दलका उपनेता नेम्वाङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विचार नमिल्ने कुनैपनि दल वा समूहसँग आफ्नो पार्टीले गठबन्धन या तालमेल नगर्ने जिकिरसमेत गर्नुभयो । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

पत्रकारहरुले सोधेको प्रश्नमा एमाले नेता नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने उल्लेखगर्नुभयो ।