फाइल तस्वीर

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । त्यस्तै आज मङ्गलबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।