साङ्केतिक तस्वीर


बर्दिया – बर्दियास्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँन साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।

बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको हो ।

थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।