प्रतिकात्मक तस्वीर
जलेश्वर – महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८, सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोमबार साँझ घरनजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । रासस