काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४ सय ७० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार ६ सय ८६ जना सक्रिय सङक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।