काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो ।
पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ ।
छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइनेछ । पुरस्कार राशी चार लाख रूपैयाँ रहेको छ ।
यी हुन् छनोटमा परेका ८ पुस्तक :
अग्नि– डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ’किशोर’
महाभारा– बसन्त बस्नेत
यादको सन्दुक– दिपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश –प्रा. नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा– सुजित मैनाली
हिति प्रणाली– पद्मसुन्दर जोशी